निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई फाँसी

चैत ७, काठमाडौं । निर्भया बलात्कार काण्डका ४ जना दोषीलाई फाँसी दिइएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कारका चार दोषीलाई आज बिहान पाँच बजेर ४५ मिनेटमा फाँसी  दिइएको हो ।   

भारतीय सञ्चार माध्यमका लामो कानुनी दाउपेचपछि निर्भयाका चार दोषी अक्षय, विनय, मुकेश र पवनलाई दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइएको हो । बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए ।   

राति ३ बजेर ४५ मिनेट जाँदा दोषीको याचिका खारेज गर्दै फाँसी हुने निश्चित भएको थियो । यस अघि पटक-पटक स्थगित हुदै अदालतले मार्च २० मा फाँसी हुने दिन तोकेको थियो । २०१२ को यस घटनालाई भारतको इतिहासमै दर्दनाक बलात्कारको घटना मानिन्छ । यस घटनाका ६ आरोपी मध्ये एक आरोपी राम सिंहले जेलमै आत्महत्या गरेका थिए भने एक जना नबालिंग भएकाले रिहा गरिएको थियो ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *