सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र

फागुन २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्रबैंकले बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न बिहीबार परिपत्र गरेको हो । 

सरकारले चालु आर्थिक वर्षका लागि बजेटमा नै नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेको सुन चाँदी लगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाइने उल्लेख गरेको थियो । सरकारले ल्याएको सो व्यवस्था कार्यान्वयन गराउन राष्ट्र बैंकले  परिपत्र जारी गर्दै निर्देशन दिएको हो ।   

राष्ट्र बैंकका अनुसार यो सुविधा वाणिज्य बैंकहरुले मात्रै प्रदान गर्नसक्ने छन् । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ । 

Image result for rastra bank

राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुनमात्र स्वीकार गर्नुपर्नेछ’   

बैंकले कुन शाखाबाट सुन निक्षेपमा स्वीकार गर्ने भनेर भनेर सूचना प्रकाशन गर्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार न्यूनतम् २५ ग्राम परिमाणको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *