कोरोना संक्रमित युवतीसँग आएका ४ जना अस्पतालको सम्पर्कमा

चैत्र १२, चितवन । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका ६ मध्ये ४ जना सम्पर्कमा आएका छन् । प्रहरीले नाम सार्वजनिक गरेपछि उनीहरु सम्पर्कमा आउन थालेका हुन् ।  

चितवन गौरीगञ्ज घर भएका बुद्धिराज कोइराला र सन्जु कडेंल कोइराला तथा आँपटीरीका शम्भु नेपाली र उनकी श्रीमती पार्वती नेपाली कोरोना अस्पताल भरतपुरको सम्पर्कमा आइसकेका छन् ।   

अन्य दुई जनालाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । सोही जहाजमा चितवनका दिक्षा कंडेल र सुरेस गुरुङ पनि थिए । उनीहरु जिल्ला आए–नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक नान्तिराज गुरुङले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *