लकडाउन उल्लंघन गर्नेमाथि जाइलागे मेयर, थाले भाटे कारवाही !

् 

चैत्र १२, उर्लाबारी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्नेमाथि मेयर आफैँले कारवाही थालेका छन् ।  

बुधबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले लकडाउनको उल्लंघन गर्नेमाथि  भाटे कारवाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिइएको छ । 

तर, अनावश्यक रुपमा हिँड्नेलाई भाटे कार्वाही गरिएको मेयर खड्ग फागोले बताए । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उर्लाबारी नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गर्दै अनावश्यक रुपमा नहिँड्न पटक पटक अनुरोध गर्दासमेत अटेरी गर्नेलाई भोटे कार्वाही गरिएको उनको भनाइ छ । 

उनले लकडाउनको समयमा घर बाहिर ननिस्किन उर्लाबारीबासीलाई अनुरोध गरेका छन् । कारवाहीका क्रममा प्रहरीले दुई दर्जन बढी मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको छ भने अनावश्यक हिँड्नेलाई समेत नियन्त्रण लिई सम्झाई–बुझाई छोडिएको प्रहरीले जनाएको छ । 

नेपालमा हालसम्म ३ जनामा कोरोना संक्रमण देखिएको छ भने विश्वभर १८ हजार बढीको मृत्यु भइसकेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *