पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

फागुन २८, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित निर्माणाधीन घरमा आज बिहान बम विस्फोट भएको हो । 

घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् । विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।  

बम विस्फोट कसले गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *