स्पेनका प्रधानमन्त्री पत्नीसहित दुई मन्त्रीलाई कोरोना संक्रमण

चैत २, काठमाडौं । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रिपोर्ट अनुसार प्रधानमन्त्री पत्नी फेर्नान्देसहित दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । 

रिपोर्ट शनिबार सार्वजनिक गरिएको थियो । उक्त रिपोर्ट अनुसार मन्त्रीहरु इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको हो । स्पेनिस सरकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो । कोरोना भाइरस देखिए पनि उनीहरु खतरामुक्त रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । 

युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *