सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा

फागुन २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाविरुद्ध मुद्दा दायर गरेको छ । 

नियम अनुसारनै लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने क्रममा दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले देवकोटासहित सोही कार्यालयका सहयोगी प्रमोदकुमार तेलीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग गरिरहेको भन्ने  सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले दुलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

अनुसन्धानको क्रममा सहयाक वन अधिकृत देवकोटाले कार्यालय सहयोगीमार्फत घुस लिन लगाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *