आउनुस्, घरमै बसेर नयाँ रेकर्ड राखौँः दीपकराज गिरी

चैत्र १२, काठमाडौं । हाँस्य कलाकार तथा निर्देशक दीपकराज गिरीले सरकारले घोषणा गरेको लकडाउनको पालना गरी घरमै बस्न आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कलाकार गिरीले कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारी फैलिरहेका बेला घरमै सुरक्षित भएर बस्न नागरिकलाई आग्रह गरेका हुन् । 

उनले लेखेका छन्– ‘अन्य देशहरू कोही चन्द्रमामा पुगे, कोही मंगल ग्रहमा पुगे । कसैले विश्वकप जितेर रेकर्ड राखे । आउनुस्, हाम्रो देश कोरानालाई पूर्ण रूपले परास्त गर्ने देश भनेर रेकर्ड राखौँ । यसको लागि केही गर्नुपर्दैन, घरमै बसे पुग्छ ।’ 

साथै उनले घरमै बस्न अल्छी लागेमा योगाहरु सिक्न र स्वस्थ रहन सुझाव दिएका छन् । उनले थप अर्को स्टाटस लेख्दै भनेका छन्– ‘हजूरबुबाहरू भन्नुहुन्थ्यो, मर्नुभन्दा बहुलाउनु राम्रो । किन भन्या रहेछ आज था भो ! बाहिर गएर मर्नु भन्दा घरमै बसेर बहुलाउनु राम्रो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *