लकडाउन अवज्ञा गर्ने सयबढी सवारी प्रहरी नियन्त्रणमा

चैत्र १२, विराटनगर । कोभिड-१९ संक्रमण विरुद्ध सरकारले घोषणा गरेको ‘लकडाउन’को अवज्ञा गर्ने १ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार विहान देखि अहिलेको समचार लेख्दासम्म १ सया ३० सवारी साधन नियन्त्रणमा लिइएको हो ।   

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईका अनुसार  एक सय मोटरसाइकल, १८ वटा साइकल, १० वटा टयाम्पो, सिटिरिक्सा, एक वटा कार र एक वटा भ्यान सहित एक सय तीसवटा सवारी साधन नियन्त्रणमा लिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *