ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरे ५ वर्ष कैद

चैत्र ७, काठमाडौं । विश्वभर कोरोनाको महामारी र नेपालमा त्रास फैलिरहेका बेला उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले कारवाही गर्ने भएको छ । 

व्यापारीहरुले कालोबजारी गरिरहेको हल्ला चलिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास लगायत उपभोग्य वस्तु कालोबजारी गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो । 

यो निर्णयसँगै अब कालोबजारी गरेमा ५ वर्षको कैद सजाय हुनेछ । साथै अन्य कानूनी कारवाही पनि गरिने छ । 

Image result for ग्यास

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने र खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढुवानी गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *