कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

चैत ८, काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आजको मौसम सामान्यतया सफा रहने छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्हपछि पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन पनि महाशाखाले आग्रह गरेको छ । 

आगामी दुई दिनको मौसम पूर्वानुमान :- 

null

चैत्र ०८ गते (शनिबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू-भागका थोेेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ । 

चैत्र ०९ गते (आइतबार) 

दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू-भागका थोेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *