कोरोना संक्रमितको उपचारका लागि मेसी र ग्वार्डिओलाले दिए १०/१० लाख युरो

चैत्र १२, बार्सिलोना । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले कोरोना भाइरस संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । भने,  म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले कोरोना भाइरसबाट बच्न संघर्षरत आफ्नो देश स्पेनलाई चिकित्सकीय सामग्री खरिदमा १० लाख युरो प्रदान गरेका स्पेनीस मिडियाहरुले जनाएका छन् । 

कप्तान मेसीले हस्पिटल क्लिनिकलाई सहयोग गरेका हुन् । उनले कति सहयोग गरे हस्पिटलले आधिकारिक नखुलाएपनि क्याटलान स्पोर्टस डेलीका अनुसार मेसीले १० लाख युरो सहयोग गरेका छन् ।   

बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका म्यानचेष्टर सिटीका प्रशिक्षक ग्वार्डिओलाले मेडिकल कलेज अफ बार्सिलोनालाई रकम प्रदान गरेका हुन् र यो रकम कोरोना भाइरस संक्रमितको उपचारमा चाहिने सामग्री किन्न प्रयोग हुने बताइएको छ ।   

null

स्पेन कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सूचीमा तेस्रो देशमा छ । चीन र इटालीपछि स्पेनमा धेरैको ज्यान गएको छ । अहिलेसम्म त्यहाँ ४० हजार भन्दा बढी भाइरसबाट संक्रमति भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *