यस्तो छ आगामी तिन दिनको मौसम

चैत्र ६, काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशको मौसम सफा रहने जनाएको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले सामान्यतया मौसम सफा रहने बताएको छ ।   

मौसमको अवस्थाः 

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । 

null

आगामी तीन दिनको मौसम पूर्वानुमान 

चैत्र ०६ गते (बिहिबार) 

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ ।   

चैत्र ०७ गते (शुक्रबार) 

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पुर्वी पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । 

चैत्र ०८ गते (शनिबार) 

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी पहाडी भु–भागका १–२ स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पहाडी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *