एनआईसी एसिया बैंकका कुन कुन काउण्टर सञ्चालनमा छन् ?

चैत १०, काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो अतिरिक्त काउन्टर सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। 

यद्यपि बैंकले आफ्नो ३ सय १९ शाखा तथा १ सय ८ एक्सटेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने विदा काउण्टर सेवा भने बन्द नहुने जनाएको छ। 

बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजेदेखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू सोमबारदेखि बन्द रहने बैंकले विज्ञप्तिमार्फत जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन्।’ 

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुने भन्दै बैंकले डिजिटल बैंकिङ्ग सेवामा भने निःशुल्क प्रयोगको व्यवस्था मिलाएको जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *