कतारमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक भेटघाट नगर्न आग्रह(सूचनासहित)

फागुन १४, काठमाडौं । कतारमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक कसैसँग पनि  भेटघाट वा भौतिक सम्पर्क नराख्‍न कतारस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। कतारमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि नेपाली राजदूतावासले सोमबार पत्रमार्फत सो आग्रह गरेको हो ।   

सूचनामा भनिएको छ,‘कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्नु हुन र आपसमा टेलिफोन वा इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध छ’   

राजदूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनुपरेमा भौतिकरुपमा राजदूतावास आइरहनुनपर्ने र त्यसका लागिसमेत राजदूतावासको फोन नम्बर ४४६७५६८१/४४६७५६८३/४४१७१९६२ मा सम्पर्क गर्न वा इमेलबाट जानकारी गराउन सकिने उल्लेख गरेको छ।   

कोरोना भाइरस संक्रमण फैलिएसँगै कतार सरकारले नेपालसहित १४ मुलुकका नागरिकलाई कतार जान रोकेको छ।   

कतारमा आइतवारसम्म १५ जनामा कोरोनाभाइरस भेटिएको पुष्टी भएको छ ।  

सूचना  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *