एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा !

काठमाडौं, फागुन १९ ।  एन आई सी एशिय बैंकले ग्राहकको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ । 

सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो ।   

बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन् ।   

ग्राहकले बहिरंग (इएम्) उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सक्नेछन् । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नेछन् । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।   

यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदैँ आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषानै फेरिदिएको छ । बैंकले ल्याएको बिभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् ।   

एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकहरुको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्नुहुनेछ ।   

न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन् ।   

ग्राहक महानुभावहरूले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नेछन् । बैंकर्स संघमा भएको भद्र सहमती अनुसार बैंहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउनुहुनेछ । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशत सम्म ब्याज दिन्छन् । एन आई सी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *