बारामा लक डाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने सहित पाँच नियन्त्रणमा

चैत्र १२, वीरगञ्ज । बारामा लक डाउनको अवज्ञा गरि हिँड्ने पाँच जना लाई नियन्त्रणमा लिएइको छ । सरकारको निर्णय उलंङ्घन गर्दै हिँड्ने पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।   

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले अवज्ञा गरी चलाइएका ८४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताए । 

एसपी पंगेनीले भने,‘लक डाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिएको हो ।’ 

जिल्ला भित्र रहेका औषधी पसल, खाद्यान्न लगायत अति आवश्यक वस्तु बाहेकका अन्य पसल, हाट बजार एवम् मानिसहरू र सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको छ । 

बारामा जारी निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधनहरू मध्ये ट्रिपर (३ ओटा), ट्रक (९ ओटा), ट्र्याक्टर (२० ओटा), जीप (५ ओटा), बोलेरो (६ ओटा), स्कर्पियो (२ ओटा) तथा मोटरसाइकल (१६० ओटा) गरी जम्मा २०५ ओटा सवारी साधनलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक कारवाही एवं सम्झाई बुझाई गरी सवारी फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *