भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, बढे संक्रमित

चैत ११, काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।   

संक्रमितको संख्या पनि बढेको छ । मंगलबार बिहानसम्म भारतमा पाँच सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना भाइरसको उपचारपछि ४४ जना भने घर फिर्ता भएका छन् । 

भारतमा सबैभन्दा बढी महराष्ट्र र केरेला प्रभावित भएका छन् । महराष्ट्रमा अहिलेसम्म ९७ जना संक्रमित भेटिएका छन् भने केरेलामा ९५ जना संक्रमित भेटिएका छन् । अन्ध्रा प्रदेश, विहार, छत्तीसगढ, चन्दीगढ, दिल्ली, गुजरात लगायत अन्य राज्यमा पनि संक्रमित रहेका छन् । 

कोरोना भाइरस फैलिन नदिन भारतमा जनता कर्फ्यु लगाइएको छ । जसका कारण भारतमा यातायात पूर्णरुपमा प्रभावित बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *