यूएईमा कोरोना संक्रमित दुई नेपाली निको भए

चैत ११, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरस संक्रमित भएका दुई नेपाली निको भएका छन् । 

यूएईको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट संक्रमित दुई जना नेपाली नागरिक निको भएको जनाएको हो । मन्त्रालयका अनुसार दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरू उपचारपछि निको भइसकेको छ ।   

सोमबार आयोजित पत्रकार सम्मेलनमा दुई नेपालीसहित ३ जना व्यक्ति निको जानकारी दिइएको हो । योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *