कोरोना अस्पताललाई लायन्स क्लबको सहयोग

                                            

चैत्र १३, चितवन । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बिटुले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई अत्यावश्यक सामाग्रीहरु बिहिबार उपलब्ध गराएको छ ।  

क्लबका भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिकाका प्रमुख एवम् अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री हस्तान्तरण गरेका थिए ।  

क्लबले ५० थान पिपिई र ५० लिटर सेनिटाईजर अस्पताललाई हस्तान्तरण गरेको हो । भट्टका अनुसार ती सामाग्रीको मूल्य तीन लाख भन्दा बढी पर्दछ । 

सामाग्री हस्तान्तरण गर्दै उनले अत्यावश्यक भएकाले तत्काल यी सामाग्री उपलव्ध गराएको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।  

सामाग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले यो अभियान साझा अभियान भएकाले सबैको साथ र सहयोगको अपेक्षा गरिन् । 

अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीले अहिलेका अत्यावश्यक सामाग्रीहरु प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिँदै यस अभियानमा जुट्न सबैमा आह्वान गरे । 

सामाग्री हस्तान्तरण गर्न भट्टसँगै क्लबका चिफ एड्भाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एड्भाईजर डा. शारदा कुंवर, बागेश्वरी लायन्सका पूर्व अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्सका अध्यक्ष निरज श्रेष्ठ अस्पताल पुगेका थिए । 

अस्पताललाई यसअघि सिजि फाउण्डेसनले १० थान पिपिई उपलब्ध गराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *