प्रेस लेखिएको मोटरसाईकलमा भेटियो लागू औषध, २ पक्राउ

फागुन २७, बारा ।  बाराबाट प्रहरीले अवैध प्रतिबन्धित लागूऔषध सहित  २ जना लाई पक्राउ पक्राउ गरेको छ । 

जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा न. २ स्थित नेपाल विद्युत प्राधिकरणअगाडी बाटोमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सहित  २ जना लाई पक्राउ  गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रहरी नायव उपरीक्षक  गौतम मिश्रले प्रेस लेखिएको ना.६२ प ६२६७ न. को मोटरसाइकल चलाइ आएका जिल्ला पर्सा विरगंज  वडा न. १५ बस्ने वर्ष ३० को जितेन्द्र कुमार सिंह र साइकलमा सवार भारत विहार बस्ने वर्ष २२ को नासिर आलम समेत २ जनाले पक्राउ गरिएको बताए । 

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार उनिहरूको साथवाट अवैध लागु औषध डाईजेपाम तीन सय एम्पुल , नुफिन तीन सय एम्पुल, फेनारगन तीन सय एम्पुल गरी जम्मा नौ सय एम्पुल सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको  बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *