फ्रान्सका संस्कृति मन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

फागुन २७, काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोनाबाट फ्रान्सका संस्कृति मन्त्री फ्र्यान्क रियस्टरमा संक्रमित भएको पुष्टि भएको छ ।  

फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था भने ठिक रहेको छ ।  

फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने एक हजार ४१२ जना संक्रमित छन् । संक्रमित मध्ये ६९ जनाको अवस्था गम्भीर छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *