सिटिजन्स बैंकद्वारा भैरव नवदीप माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान

फागुन २१, काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको  रैनादेवी छहरा —४ स्थित श्री भैरव नवदीप माध्यमिक  विद्यालयलाई कम्प्युटर  प्रदान गरेर सहयोग गरेको छ ।   

सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा  दिदैं  यस बैंकले  केन्द्रिय कार्यालय नारायणहिटी पथमा एक कार्यक्रम गरि  विद्यालयलाई दश थान कम्प्युटर  प्रदान गरी सहयोग गरेको हो ।   

निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । 

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ ।  

यस किसिमको सहयोगले विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरुको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।  अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *