कामना सेवा विकास बैंकको १२३औं शाखा ललितपुर ग्वार्कोमा

चैत्र ३, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुरमा आफ्नो १२३औ  शाखा कार्यालय स्थापना गरेको छ ।   

ललितपुर महानगरपालिका १७ मा अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले शाखाको उद्घाटन गरेका हुन् ।   

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।   

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । 

बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।   

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष थप सेवाहरु प््रदान गर्दै जाने बैंकको योजना छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *