पशुपक्षीलाई आहाराको व्यवस्था गर्दै काठमाडौं महानगर

चैत १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा रहेका चौपाया र चराचुरुङ्गीलाई खानेकुरा खुवाउने भएको छ । 

लकडाउनका कारण मानिसहरु घर बाहिर निस्किन नपाउँदा सडकमा रहेका कुकुर, गाई, बाँदरलगायतका चौपायाले खानेकुरा खान पाएका छैनन् । मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा हिजो, १७ चैतमा बसेको कार्यपालिका बैठकले त्यसका लागि सबै वडामा खर्च पठाउने निर्णय गरेको छ । 

प्रमुख शाक्यले भने, ‘राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई चार लाख, मझौला वडालाई तीन लाख र साना वडालाई थप निकासा दिएको छ । आवश्यक पर्‍यो भने पुनः पैसा दिने निर्णय भएको छ ।’ काठमाडौं महानगरपालिकाले कोभिड-१९ सम्बन्धी राहत वितरण मापदण्ड-२०७६ पनि स्वीकृत गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *