कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा तीन जना भर्ना
मकालु खबर
२०७६ चैत ८ गते
चैत्र ८, धनगढी । सुदुरपश्चिमको धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई भर्ना गरिएको छ । उनीहरु भारतबाट आएका हुन् ।
भारतबाट नेपाल आउँदा सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।
तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनीहरूको रिपोर्ट सोमबारसम्म आइपुग्ने छ ।
मकालु खबर
२०७६ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित