सिटिजन्स बैंकद्वारा पाँचौ विशेष साधारणसभा स्थगित

चैत्र ९, काठमाडाैँ ।  सिटिजन्स बैंक इन्टरनेसल लिमिटेडले डाँकेको पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ।  चैत्र १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा गरिने भनिएकाे पाँचौं विशेष साधारण सभा स्थगित गरिएकाे हाे । 

हाल विश्वभरी फैलिएको कोरोना भाइरस (काेभीड-१९) को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै यस बैंकको संचालक समितिको शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको बैंकले जनाएको छ । 

यसवाट शेयरधनीलाई पर्न गएको असुविधा प्रति बैंक क्षमाप्राथि मागेकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसले महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । 

Image result for सिटिजन्स बैंक द्वारा

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *