एका बिहानै नगरपालिका भवनमा आगलागी

फागुन २९, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा  विभिन्न शाखाका  कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।   

बिहीबार विहान भएको आगलागिमा नगरपालिकाका  पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा  कम्प्युटरलगायतका सामान जलेर नष्ट भएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए ।   

आगलागीले के कति क्षति पु¥याएको  भन्ने  यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।  

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *