प्रभु बैंकको सामाजिक उत्तरदायित्व सञ्चालन

  

चैत्र ५, काठमाडौँ । प्रभु बैंक लिमिटेड र काठमाडाँै महानगरपालिका बिच मंगलबार एक सम्झौता भएको छ ।   

यस बैंक र महानगरपालिका बीच जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्झाैता भएको हो ।   

काठमाडौँ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौ महानगरपालिकाका तर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।   

नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटियम (ATM outlet)  रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अर्न्तगत उक्त कार्य गर्न लागेको हाे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *