कोरोना आशंकामा वीर अस्पताल भर्ना भएका दुईको मृत्यु

चैत्र १७, काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पतालमा मृत्यु भएको छ। सोमबार बिहान नैकापकी एक महिलाको वीर अस्पतालको आइसियुमा मृत्यु भएको हो भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो। 

नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो। उनमा श्वास फेर्न गाह्राे हुने र ज्वरो आउने समस्या थियो। यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन्य समस्या नभएको अस्पतालले जनाएको छ। 

सोमबार मृत्यु भएका ३५ वर्षीय युवकमा पनि श्वास फर्ने र ज्वरोको समस्या थियो। उनको अस्पतालमा ल्याउने वित्तिकै मृत्यु भएको हो। उनमा पनि यसअघि श्वास–प्रश्वासको समस्या नभएको अस्पतालले जनाएको छ। उनी चौध दिनअघि भारतबाट नेपाल आएको जानकारी आएको छ।  

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ। तर, रिपोर्ट आएको छैन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *