प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थाल्यो

फागुन २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन अस्पतालले बिहीबार गरेको पत्रकार सम्मेलन प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गाैलाले सामान्य रुपमा काम गर्न थालेको जानकारी दिएको हो ।   

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए ।   

यस्तै उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको पनि खड्गाले जानकारी दिए ।   

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको र उनलाई पनि प्रधानमन्त्री ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।   

प्रधानमन्त्री अ‍ोलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उनको यो दोश्रो मिर्गौला प्रत्यारोपण हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *