पञ्जावबाट फर्किएका ११ जनामा भेटिएन कोरोना भाइरस

चैत ४, जनकपुर । कोरोना भाइरस संक्रमणको आशंकामा सिरहाबाट जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएका ११ जनामा कोरोना नभएको पुष्टि भएको छ । उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।   

केही दिनअघि रोजगारीका शिलशिलामा भारतको पञ्जावबाट फकिएका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीलाई कोरोना भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो  । 

पञ्जावबाट फर्किएका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ । 

यता प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारसहित परिक्षण गर्दा सामान्य रुघा खोकी र ज्वरो लागेको हुनाले सामान्य उपचार गरी औषधीहरु नियमतरुपमा सेवन गर्नका लागि भनेर घर फर्काइएको प्रादेशिक स्वास्थ्य विभागले जनाएको छ ।   

उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *