आजदेखि प्रहरीको कडाइ, बिहानै रत्ननगरवाट ७७ जना नियन्त्रणमा

चैत १५, चितवन । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान रत्ननगरबाट ७७ जनालाई नियन्त्रणमा लिएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने ५ महिलासहित उनीहरुलाई रत्ननगरकोे विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर ०शेखरकुमार शाहले जानकारी दिए । सो क्रममा २२ ओटा मोटरसाइकल ,१२ ओटा साईकल र १ ओटा चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहले वताए । 

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान १० बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको शाहाले जानकारी दिए ।   

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *