बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रम

फागुन २०, काठमाडाैँ ।  बैंक अफ काठमाण्डू लिमिटेडद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम गरिएकाे छ । 

बैंकले आफ्नो २५ औँ वर्ष पूरा गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अर्न्तगत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । 

प्रदेश नं. ५ अर्न्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख  मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको बिशेष उपस्थितीमा उक्त कार्यक्रम सञ्चालन गरीएको थियो ।  

साथै, बैंकले सामाजिक उत्तरदायीत्व अर्न्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरीएको छ । हालसम्म यस बैंककाे  ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *