फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीका परिवारको नतिजा नेगेटिभ

चैत १५, काठमाडौं । फ्रान्सबाट नेपाल आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।   

टेकु अस्पतालले जनाएअनुसार कोरोना परीक्षणपछि परिवारका सदस्यहरूको नतिजा नेगेटिभ आएको हो । संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको  स्वास्थ्य अवस्था भने सामान्य छ । दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र उनलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । 

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो । युवतीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *