लकडाउन अवधिमा हेल्प फर ह्याप्पीनेसको आकस्मिक रक्तदान

धनगढी । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले लकडाउनको समयमा पनि आकस्मिक रक्तदान कार्यक्रम जारी राखेको छ ।

ह्याप्पीनेसले धनगढीका विभिन्न अस्पतालमा उपचारका लागि पुग्ने गम्भीर प्रकृतिका विरामीलाई आवश्यक पर्ने रगतको व्यवस्थापनका लागि सहजीकरण र समन्वयकारी भूमिका खेलिरहेको हो । लकडाउन जारी भएदेखि अहिले सम्म आकस्मिक रक्तदान कार्यक्रम मार्फत पाँच जनालाई रगत दिइएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले जानकारी दिए ।

भयडारीका अनुसार लकडाउनपछि ह्याप्पीनेसको समन्वयमा मस्तिष्क सम्बन्धी समस्या भएका धनगढीका ८ महिने बालक खेमराज अधिकारी दुई पटक र सिकलसेल एनिमिया भएकी कैलालीको कैलारी गाउँपालिकी ८८ वर्षीया बृद्धासुधरी चौधरीलाई दुई पटक रक्तादान गरिएको हो ।

यस्तै गम्भीर विरामी धनगढीकै ३० वर्षीया पार्वती मडै, करिना चौधरी र गंगा रानालाई समेत लकडाउनका बेला रक्तसञ्चार केन्द्रमै पुगेर फ्रेस ब्लड दान गरिएको संयोजक भण्डारीले बताए । संस्थाको आपतकालीन असहाय कोषका संयोजक केवश पौडेलसहित सदस्य तथा अन्य व्यक्तिले समेत आकस्मिक रक्तदान कार्यक्रम सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *