प्रि-मनसुन सक्रियः आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम विहिबारसम्म जारी रहने छ ।

नेपालमा अहिले मौसममा देखिएको परितर्वन र पानी तथा असिना पर्नु जस्ता घटनाले प्रि-मनसुन सक्रिय हुन लागेको सङ्केत गर्छन् । आज दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।

यो गहुँ र आलुजस्ता बाली भित्र्याउने बेला भएकोले हावाहुरी र चट्याङबाट जोगिन विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ११ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख १२ गते (शुक्रबार)

दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना र सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *