कोरोना कहर : अमेरिकामा मात्रै ४५ हजारले ज्यान गुमाए, विश्वभर साढे २५ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ७५ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ७७ हजार बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २५ लाख ५६ हजारभन्दा बढी पुग्दा ६ लाख ९० हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा एकैदिन मंगलबार २ हजार ७ सय ६५ को मृत्यु भएसँगै मृतकको संख्या ४५ हजार २ सय पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १८ हजार ७७४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ । इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ । त्यहाँ २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सुरुवात भएको मुलुक चीनमा ३० जना नयाँ संक्रमित देखिए पनि पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको कोरोना भाइरसले मृत्यु भइसकेको छ ।

बेलायतमा अहिलेसम्म एक लाख २९ हजार ४४ कुल संक्रमित भएका छन् भने १७ हजार ३३७ जनाको मृत्यु भएको छ । बेल्जियममा ४० हजार ९५६ कुल सङ्क्रमित भएका छन् भने ५ हजार ९९८ जनाको मृत्यु भएको छ । यसैबीच ९ हजार २ निको भएर फर्किएका छन् ।

इरानमा ८४ हजार ८०२ कुल संक्रमित भएका छन् भने ५ हजार २९७ जनाको मृत्यु भएको छ । यसैबीच ६० हजार ९६५ निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ४८ हजार २९१ कुल संक्रमित भएका छन् भने ५ हजार ३३ जनाको मृत्यु भएको छ । यसैबीच ९५ हजार २ सय निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ३४ हजार १३४ जना संक्रमित भएका छन् भने ३ हजार ९१६ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४३ हजार ७९ जना संक्रमित भएका छन् भने २ हजार ७४१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म २२ हजार ९९१ जना ठिक भएका छन् । टर्कीमा ९५ हजार ५९१ जना संक्रमित भएका छन् भने २ हजार २५९ जनाको मृत्यु भएको छ । त्यस्तै १४ हजार ९१८ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *