बेलायतमा १८ नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाए

लन्डन । बेलायतमा कोभिड-१९ का कारण थप एक नेपालीको मृत्यु भएको छ ।

पोखरा याङ्जाकोट स्थायी घर भई बेलायतको रेडिङ बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको हो ।

रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङका अनुसार आइतबार मृत्यु भएका उनीबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि गुरुङलाई गत साता अस्पताल भर्ना गरिएको थियो । बेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *