कोरोना भाइरसः भारतीयहरूसँग किन रिसाउँछन् अरबवासी ?
वैशाख १०, काठमाडौं । भारतमा मुसलमानमाथि कथित गैर–बराबरीलाई लिएर संयुक्त अरब इमिरेट्सको सामाजिक सञ्जालमा चलिरहेको चर्चाका बिच भारतको केन्द्रीय अल्पसंख्यक कार्यमन्त्री मुख्तार अब्बास नकवीको एक बयान आएको छ ।
नकवीले भनेका छन् कि मुसलमानका लागि भारत स्वर्ग जस्तो छ, जहाँ उनीहरुको अधिकार सुरक्षित छ । साथै उनले धर्मनिरपेक्षता र सौहार्द भारत र भारतीयहरूका लागि राजनैतिक फेशन नभएको पनि बताए ।
नकवीभन्दा पहिले यूएईमा भारतका राजदूत पवन कपूरले एक ट्वीटमा लेखेका थिए, ‘भारत र यूएई कुनैपनि आधारमा भेदभाव नगर्ने विचार साझा गर्छन् । भदभाव हाम्रो नैतिक ढाँचा र कानूनी व्यवस्थाको विरुद्ध हो । यूएईमा रहेका भारतीय हमेशा यस कुरालाई याद राख्नुहोस् ।’
कपूरभन्दा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीटमा लेखेका थिए, ‘कोभिड १९ को आक्रमणअघि नस्ल, धर्म, रंग, जाति, वंश, भाषा या सीमा केही देख्दैन । त्यसैले आफ्नो आचरणमा एकता र भाइचारा ध्यानमा राख्नुस् ।’
बारम्बार एउटै कुरा सम्झाइएको छ कि जुन समयमा पुरै दुनियाँ एक भयंकर महामारीसँग लडिरहेको छ, तब धार्मिक आधारमा भेदभाव पैदा गरेर समाजमा घृणा बढाउनु खतरा हुन सक्छ ।
तर दिल्लीको निजामुद्दीनमा भएको तब्लगी जमात वाला घटनापछि सामाजिक सञ्जालमा दक्षिणपन्थी रिझाउनेहरु भारतमा कोरोना भाइरस फैलाउनका लागि एक किसिमका धार्मिक मानिसहरुलाई जिम्मेदार ठहर्याइरहेका छन् । साथै विभिन्न किसिमका दाबी पनि गरिरहेका छन् ।
यद्यपी सरकारी एजेन्सीले पछिल्लो हप्ता मात्र सामाजिक सञ्जाल होइन, टिभी च्यानलमा पनि देखाइएको भ्रामक खबरको खण्डन गर्यो ।