समस्यामा परेका परीवारलाई राहत बाँड्दै घरवेटीहरु (फोटोफिचर)

काठमाडौं । लकडाउनका कारण राजधानीको जनजिवन अस्तब्यस्त भएको बेला राजधानीका घरवेटी र स्थानीय निकायले समन्वय गरेर राहत वितरण गर्न शुरु गरेका छन् । घट्टेकूलो, अनामनगर वडा नं. २९ का स्थानीय घरवेटी र २९ नं. वडा कार्यालयको सहकार्यमा राहत वितरण गरिएको छ ।

वडाको वडा समिति कार्यालय भवन, स्थानीय चोक तथा स्कुल कलेजका प्राङगणबाट समस्यामा परेका परीवारलाई राहत वितरण गरिएको हो । उनीहरुले चामल, दाल, नुन तेल, चिउरा तथा सावुनहरु वितरण गरेका छन् । स्थानीय घरवेटीहरुबाट स्वेच्छिक रुपमा सहयोग जुटाएर राहत सामग्री वितरण गरिएको हो ।

घट्टेकलोमा आज विहानै करिब डेढ सय परीवारले राहत बुझेका छन् ।  त्यसाे त राजधानीका अन्य वडाहरूले पनि राहत वितरण गरीरहेका छन् । तर, घरवेटीहरूसँग समन्वय गरेर वडा भित्र कसलाइ समस्या परेकाे छ  पहिल्याएर राहत वितरण भने वडा नं. २९ ले गरेकाे छ ।

कोरोना भाइरस महामारी रोकथाम नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको एक महिना भएको छ । पछिल्लो समय बैशाख १५ गतेसम्म थपिएको लकडाउनले दैनिक ज्यालादारी गरेर जिवनयापन गर्नेहरु मर्कामा परेका छन् ।
राजधानीका विभिन्न स्थानमा ज्यामी काम गर्ने, इट्टाभट्टा, उद्योग कलकारखानामा ज्यालादारीमा काम गर्नेहरुलाई विहान बेलुकीको हातमुख जोर्न कठिन भएको छ । सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदै स्थानीय तहबाट राहत वितरण गर्न भनेपनि प्रभावकारी हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म सरकारले आठ करोड बराबरको राहत वितरण गरेको बताइरहँदा आठ करोडको राहत कहाँ वितरण गरियो भन्ने आलोचना गर्न थालिएको छ । एक साता यता मुलुकमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । एक नं. प्रदेशको उदयपुरमा मात्रै यो साता आठ जना संक्रमित देखिएपछि लकडाउन अझै बढ्ने आशंका उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *