नेपालमा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । आज (बुधबार) थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धरान वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काेराेना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य रहेकाे मन्त्रालयका प्रवक्ता विकास देवकाेटाकाे भनाइ छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *