सेती अस्पतालबाट तेस्रो कोरोना संक्रमित पनि डिस्चार्ज

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट तेस्रो कोरोना संक्रमित व्यक्ति पनि डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. जोशीले बताए ।

योसंगै सेती प्रादेशिक अस्पतालबाट सञ्चो भएर डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक डिस्चार्ज भइसकेका छन् ।

अस्पतालमा अब धनगढी उपमहागनरपालिका वडा नम्बर ५ कि ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका वडा नम्ब्र १ कि ६५ वर्षीय महिला उपचाररत छन् । उनीहरुको अवस्था पनि सामान्य नै रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य केही शंकास्पद बिरामीको पनि आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *