स्वास्थ्य-माटोभित्र खोज्ने कि !

बर्दिया । विश्व यतिखेर कोरोना भाईरसले आक्रान्त बनेको छ। स्वस्थ्य कसरी रहने ? यो आज हरेकको प्राथमिकताको विषय बनेको छ। जसका लागि मानिसहरूले आफ्नो खानपानमा परिवर्तन ल्याएका छन्। शारिरीक र आफ्नो मनस्थितिमा सन्तुलन ल्याउन लाएका छन्। तर सहि अर्थमा स्वास्थ्य भनेको शारिरीक र मानसिक सन्तुलन मात्र नभई भावानात्मक र जीवन उर्जाको सन्तुलन पनि हो। जब शरीरको स्वास्थ्यको कुरा आउँछ तब ती कुराहरूमा घ्यान दिनुपर्छ जुन कुराबाट यो शरीर बनेको हो। योग विज्ञानमा यस सम्बन्धी कुराहरू स्पष्टरूपमा दर्साइएको छ। हाम्रो शरीर ७२ प्रतिशत पानी, १२ प्रतिशत पृथ्वी, वायु ६ प्रतिशत, ४प्रतिशत अग्नि र बाँकी आकाश तत्वले बनेको हुन्छ।

अर्को अर्थमा शरीर केबल यी ५ तत्वहरुको खेलमात्र हो। यदि यी तत्वहरूको शुद्धीकरण गर्न सके स्वास्थ्य स्वतः प्राप्त हुन्छ। योग विज्ञानमा यो प्रक्रियालाई भूत शुद्धि भनिन्छ।

पाँच तत्वहरू मध्येको एक तत्व हो पृथ्वी वा माटो। हाम्रो संस्कृतिमा माटोलाई माताको रुपमा लिइन्छ। यो यसकारण हो कि हामीले अस्तित्वका सबै वस्तुलाई जीवनको मूलभूत तत्वका रूपमा लिएका छौँ।

‘योग विज्ञानका अनुसार खाली खुट्टा र खाली हात माटोमा काम गर्दा शरीर आफ्नो अस्तित्वको स्रोतको सम्पर्कमा आउँछ। साथै पुरै शरीरको प्रक्रियालाई सन्तुलन बनाउन माटो, पानी र बोटबिरूवासँग काम गर्नु अझ उत्तम मानिन्छ।’

पृथ्वी (माटो) तत्व हाम्रो भौतिक अस्तित्वको आधार हो। जुन हामीभित्र समाहित भएको छ। यो शरीर धरतीकै सानो उपज हो । जुन आज चारैतिर दौडिरहेको छ। जब समय आउँछ तब धरती फेरि यसलाई आफूमा समाहित गर्नेछ। तर यस कुराप्रति हामी सहमत हुँदैनौ जबसम्म यो शरीरलाई माटोभित्र राखिँदैन।

आज हाम्रो विभिन्न कारणहरूका बीच माटोसँगको हाम्रो सम्पर्क टुटेको छ वा टुट्ने क्रममा छ। त्यसकारण जीवन अस्तव्यस्त भएको छ। अस्तव्यस्त हुनाको कारणले बिमारी साथै पुरै शरीरमा अस्थिरता आएको छ।

अबको समय हो पृथ्वीको सम्पर्कमा आउने। योग विज्ञानका अनुसार खाली खुट्टा र खाली हात माटोमा काम गर्नुपर्दछ। यसो गर्दा शरीर आफ्नो अस्तित्वको स्रोतको सम्पर्कमा आउँछ। साथै पुरै शरीरको प्रक्रियालाई सन्तुलन बनाउन माटो, पानी र बोटबिरूवासँग काम गर्नु अझ उत्तम मानिन्छ। आजकल मानिसहरू छुट्टी लिएर मडबाथ, मडथेरापी गराउँछन् । जुन खर्चिलो छ। तर हरेक दिन केहि मिनेट पृथ्वीको सम्पर्कमा रहने हो भने आफूभित्र पहिलेको दाँजोमा राम्रो महसुस गर्न थालिनेछ।

हाम्रो संस्कृतिमा विभिन्न प्रथा परम्परा प्रशस्त छन् । जसका माध्यमबाट हामी अनुभवका आधारमा पृथ्वीसँग जोडिन सक्दछौँ। यदि पटकपटक बिरामी पर्नेहरुले आफ्नो खाट वा पलाङ छोडेर भुईमा सुत्नाले मेरूदण्ड पृथ्वीको सम्पर्कमा आउँछ। तब शरीर पुनः व्यवस्थित हुने प्रक्रियामा लाग्दछ। यो प्रक्रिया खाली हात र खुट्टाले पृथ्वीलाई स्पर्श गर्दा पनि हुन्छ। यदि खाना खानुपूर्व घासँमा वा माटोमा हिड्ने हो भने हामीले खाने खानालाई शरीरले फरक तरिकाले लिन्छ।

विशेषगरी बच्चाहरू माटोको सम्पर्कमा आउँदा उनीहरूमा शारिरीक सन्तुलनको साथै बौद्धिक विकास समेत हुन्छ। माटोको सम्पर्कमा रहनाले उनीहरू आफ्नो शरीर प्रति जागरूक बन्दछन्। लामो समयसम्म माटोको सम्पर्कले शरीर आफ्नो नश्वरप्रकृति प्रति जागरूक बन्दछ जुन आध्यात्मिक प्रक्रियाको आधार हो।

– प्रदिप रेग्मी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *