रत्ननगरमा एकै दिन १०५ जनाद्धारा रक्तदान

रत्ननगर । बढ्दो रगतको अभावलाई पूर्ती गर्न पूर्वी चितवनको रत्ननगरमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ चितवन नेशनल पार्क रत्ननगरले चितवनमा रगतको अभाव हुन थालेपछि कार्यक्रमको आयोजना गरेको हो ।

रत्ननगरको १० स्थानमा एकै दिन भएको सो कार्यक्रममा एक सय ५ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष निरज श्रेष्ठले बताए । कोरोना भाईरसको संक्रमणपछि जारी लकडाउनका कारण रक्तदान कार्यक्रम हुन सकेको थिएन् ।

जसका कारण विभिन्न रोगका कारण अस्पतालमा रहेका विरामीहरुलाई समस्या पर्दै आएको छ । अस्पतालमा रहेका बिरामीहरुलाई रगतको अभाव भएपछि रत्ननगर रक्तदान यात्रा नाम दिएर टोल टोलमा पुगेर रगत संकलन गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

रत्ननगर १ सौराहा चोकमा १६ जना, रत्ननगर १ मिलिजुली टोलमा ७ जना, रत्ननगर ८ बाघमारा टारमा २३ जना, रत्ननगर १ वकुलहर चोकमा २० जना, रत्ननगर १० पर्सौनीमा ४ जना, रत्ननगर १३ पञ्चकन्या विद्यालय चोकमा ११ जना, रत्ननगर १२ फुलवारी चोकमा ७ जना, रत्ननगर १२ सालघारीचोकमा ७ जना, रत्ननगर १२ कै आर्दश चोकमा ३ जना, रत्ननगर १२ कै नमुना टोलमा ७ जनाले रक्तदान गरेका थिए । समय अभावका कारण अन्य नाम लेखाएको पाँच स्थानमा बुधबार पुग्न नसकिएको क्लवका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *