पार्टी फुटाउने कुनै योजना छैनः मोहम्मद इस्तियाक राई

काठमाडौं। समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पार्टीभित्र मतभेद रहेको तर पार्टी विभाजनको योजना नरहेको प्रष्ट पारेका छन्। आफूहरूले पार्टी फुटाउन लागेको भन्ने हल्ला मात्रै भएको राईले बताए।

‘मैले चार दिन अघि नै पार्टीमा मतभिन्नता छ भनेको थिएँ । विवाद छन् तर, हामीभन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ,’ उनले भने, ‘यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिए। त्यो कुरा अहिले पनि छ।’ सरकारले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि समाजवादी पार्टी विभाजनको संघारमा लगेको आशंका भइरहेको थियो।

पार्टी विभाजनको डरले बुधबार राति राजपा र समाजवादीबीच एकता भएको छ। बुधबार समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको पार्टी विभाजन गर्ने उद्देश्यले ‘अपहरण गरिएको’ दाबी सार्वजनिक भएको थियो। इस्तियाक राईलगायत कतिपय सांसदहरू पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका थिए। तर सञ्चारमाध्यममा आफू पार्टी विभाजनमा लागेको विषय कसरी आयो भन्ने थाहा नपाएको उनले बताए।

इस्तियाक राईले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशीको कुरा भएको प्रतिक्रिया दिए। उनले भने, ‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो, जुन संघर्ष गर्ने शक्तिहरु थिए एकठाउँमा यो घटनाले ल्याइदिएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *