कोरोनालाई जितेर घर फर्किए सनसिटीका आमा–छोरा
मकालु खबर
२०७७ वैशाख ११ गते
काठमाडौं । आज (बिहीबार) कोरोना भाइरस (कोभिड १९) संक्रमित दुई जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार उपचारपछि निको भएर फर्किनेमा पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय वृद्ध रहेका छन् । उनीहरु आमा–छोरा हुन् ।
योसँगै कोरोना उपचारपछि घर फर्कनेको संख्या ९ पुगेको छ।
मकालु खबर
२०७७ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित