बीपी प्रतिष्ठानको वेथितिः कार्यवाहक उपकुलपति हुँदा करोडौंको खेला

धरान । तत्कालिन उपकुलपति प्रा.डा.राजकुमार रौनियारको अनियमितता सम्बन्धि छानविन समितिमा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठ आफैं बसेका थिए । प्रतिष्ठानमा डा. रौनियारले ठूलो अनियमितता गरेको भन्दै कारवाही माग गर्दै राजनैतिक शक्ति केन्द्रको घर–घर धाउन शिक्षाध्यक्ष डा. खनाल र रजिष्ट्रार श्रेष्ठले काजमा करिव ६ महीना काठमाडौं मै विताए ।

तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानको ४० औं सिनेटमा राष्ट्रिय योजना आयोगका सदस्यको अध्यक्षमा डा. खनाल र रजिष्ट्रार श्रेष्ठलाई सदस्य राखेर बनाएको समितिले उपकुलपति डा. रौनियारलाई दोषी ठहर्याउँदै प्रतिवेदन दिनाले प्रतिष्ठानको ४१ औं सिनेटले डा. रौनियारलाई बर्खास्त गर्यो र शिक्षाध्यक्ष खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी मन्त्री यादवले नै दिए ।

उक्त निर्णयको विरुद्द उपकुलपति डा. रौनियारलाई सर्वोच्च अदालतमा मुदा दायर गरि अन्तरिम आदेश पाएर थमौती हुन ३ दिन लाग्यो र यसविच २ दिन शिक्षाध्यक्ष खनालले निमित्त उपकुलपति भएर कार्य गरे । यही २ दिनको अवधीमा शिक्षाध्यक्ष डा. खनाल र तत्कालिन रजिष्ट्रार तुल बहादुर श्रेष्ठ मिलेर हतारमा प्रतिष्ठानको १३ करोड भुक्तानी गरे । यो १३ करोड मध्ये करिब अढाई करोड रजिष्ट्रार श्रेष्ठका भाई गोपाल श्रेष्ठलाई मात्रै भुक्तान गरिदिए ।

यही कार्य पश्चात प्रतिष्ठानका आम शिक्षक कर्मचारी तथा धरानवासीलाई शिक्षाध्यक्ष डा. खनालको आर्थिक चरित्र प्रष्टिएकाे थियाे । यो कुराको पुष्टी डा. खनाल विगतमा ७ महीना कार्यवाहक उपकुलपति हुँदा गरेका कृयाकलापले झनै उदांगिएको छ ।

गुपचुपमा भ्रष्टाचारी आरोपित तुलबहादुरका भाईलाई ५० लाख पेश्की

शिक्षाध्यक्ष खनालले कार्यवाहक उपकुलपतिको पत्र लिए पश्चात आफु कार्यवाहक रहेको विर्सिएर पूर्णउपकुलपति सरह आर्थिक क्रियाकलाप गरेको खुलेको छ । प्रतिष्ठानका कार्यकारीणी समितिका सदस्यहरुलाई पत्तै नदिएर करोडौंको खरिद तथा पेश्की खर्च गरेको पाइएको छ । अहिले प्रतिष्ठानमा तिनै तुल बहादुरका भाई गोपाल श्रेष्ठलाई कार्यकारिणीबाट स्विकृत नगराईकन ५० लाख भुक्तानी दिएको विषय चर्चामा छ ।

र, यो विषय भर्खरै उपकुलपतिमा नियुक्ति लिएर प्रतिष्ठान पुगेका प्रा.डा. ज्ञानेन्द्र गिरीको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकमा डा. खनालले नै प्रवेश गराएपछि चर्चामा आएको हो । प्रतिष्ठान स्रोतका अनुसार २ दिनअघि बेलुकी बसेको कार्यकारिणी बैठकमा नवनियुक्त उपकुलपति डा. गिरीले कोरोना अस्पतालको विषयमा कासबाट केही निर्णय गर्ने तय थियो । सँगै प्रतिष्ठानका नियमावलीहरु जानकारी लिने, भुक्तानीका प्रक्रिया, का.स.को बैठक कसरी बस्ने, एजेण्डाहरु कसरी प्रस्तुत गर्ने ? जानकारी लिँदै गर्दा बैठकको अन्तिमतिर डा. खनालले गोपाल श्रेष्ठलाई ५० लाख पेश्की दिइएको जानकारी गराएका थिए ।

प्रतिष्ठानको नियमावली अनुसार कास बस्नुपूर्व तीन दिनअघि नै एजेण्डाहरु कास सदस्यहरुलाई अध्ययन गर्न दिनुपर्ने प्रावधान विपरित डा. खनालले मंगलबारको कासमा एक्कासी ५० लाख पेश्की दिइएको जानकारी गराएपछि केही सदस्यहरुले ‘यो विषय अध्ययन नगरी हुँदैन, आर्थिक पाटो भएकाले आर्थिक प्रशासनसँग छलफल नगरी अगाडी बढाउन सकिँदैन ।’ भनेपछि उनको एजेण्डामा छलफलै हुन सकेन ।

तर, स्रोतका अनुसार डा. खनालले कमिसनको लोभमा एकलौटी निर्णय गरेर गोपाल श्रेष्ठलाई ५० लाख पेश्की नै दिइसकेका छन् । ‘गोपाल श्रेष्ठको अप्पुश्री इन्टरप्राइजेजलाई ५० लाख गइसकेको छ ।’ स्रोतले भन्दछ । स्रोतका अनुसार गोपाल श्रेष्ठले प्रतिष्ठानको शौचालय सरसफाई गरेको भन्दै उक्त पेश्की लिएका हुन् ।

प्रतिष्ठानसँग सम्झौता नगरीकनै काम गरेको देखाएर भुक्तानी मागेपछि तत्कालिन उपकुलपति डा. राजकुमार रौनियारले श्रेष्ठको फायल रोकिदिएका थिए । उनले त्यत्तिबेलै फायल सदर गराउन साम दाम दण्डभेद प्रयोग गरेका थिए । तर, रौनियारले कामै नगरेको विषयमा भुक्तानी दिन नमिल्ने भन्दै पन्छिएका थिए ।

एक का.स. सदस्यका अनुसार ५० लाख उपकुलपति आफैंले निर्णय गरेर भुक्तानी गर्न मिल्दैन । ‘कार्य समितिलाई नसोधि यत्रो ठूलो पैसा कावा उपकुलपति एक्लैले कसरी भुक्तानी गरे ? का.स.ले गर्ने कुरा उपकुलपतिले आफुखुसी गर्ने ? अधिकार क्षेत्रभन्दा बाहिर गएर गर्ने ? कार्यकारिणी समितिलाई रबर स्ट्याम्प बनाउने ?’ एक का.स. सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने । उनले कासमा यसअघि प्रतिष्ठानमा घटेको साँढे चार लाख चेक काण्डको विषय पनि थियो । तर, उक्त विषयमा अदालतमा मुद्दा समेत परेकोले अदालतको निर्णय नआइकन केही नगर्ने भनियो ।

गुपचुपमा डा. खनालले उपकुलपति नियुक्तिको उठन्तिको निमित्त पेश्की भुक्तानी गरेको सो रकम हालसालै बसेको कार्यकारीणी समितिको बैठकमा अनुमोदनको निमित्त पेश हुँदा अस्पताल निर्देशक र अन्य कार्यकारीणी समितिका सदस्यहरु छक्क परे । आफुलाई अधिकार विहिन बनाएर डेपुटी अस्पताल निर्देशक राखेको रहस्य अस्पताल निर्देशकले बुझे र सो प्रस्तावको विरोध गरे । एक का.स. सदस्य भन्छन, ‘आफ्नो खाताको पैसा जसरी डा. खनालले दुरुपयोग गरेको पैसामा हामी साछी बस्न सकिन्छ ? सहयोग गर, मलाइ बचाउ भन्दै डा. खनाल अहिले याचना गर्दैछन । त्यति बेला शक्तिको आडमा हामीलाई नै सिध्याउछु भनेको अडियो रेकर्ड सुरक्षित छ ।’

कोटेसनको फेहरिस्त
टेन्डरका सामग्री खरिद गर्दा कमिसन कम आउने देखेर डा. खनाल धमाधम कोटेसनमा सामग्री खरिद गर्न आफ्ना नजिकका कर्मचारीलाई खटाउँथे । आफुले कार्यवाहक चलाएको छोटो अवधीमा उनले करिव २ करोडको सामग्री कोटेसनमा खरिद गरेर प्रतिष्ठानलाई दोहन गराएका छन् । खरिद गरिएका सामग्रीका सन्दर्भमा तत्कालिन कार्यवाहक उपकुलपति तथा हालका शिक्षाध्यक्ष डा. खनालसँग सम्पर्क गर्न खाेज्दा उनकाे माेवाइलमा सम्पर्क हुन सकेन ।

bpkihs_kanda3_makalukhabar

केही अत्यावश्यक अस्पताल सामग्री वाहेक उपरोक्त कुनै पनि खरिद सामग्री बोलपत्र गरिएको आइटम भन्दा बाहीर देखिँदैन र फगत कमिसन मोहमा हतारमा बढी मूल्यमा खरिद गरिएको मात्र देखिन्छ । ‘डा खनालले गरेका कोटेसन खरिदहरु सिधै सार्वजनिक खरिद ऐन नियम विपरित छन्, टेन्डर गरेका सामग्री समय महँगो मूल्यमा कोटेसनमा खरिद गरेका छन् भने एकै प्रकारका सामग्रीको अलग–अलग मूल्यमा टुक्रे खरिद गरि प्रतिष्ठानलाई लाखौँ क्षति पुर्याएका छन् ।’ लेखा शाखा स्रोत भन्दछ–‘विशेषगरि पुर्व रजिष्ट्रार तुल बहादुर श्रेष्ठका भाइ गोपाल श्रेष्ठसँगको खरिद सामग्रीमा सो देखिन्छ्र । कम्प्युटर सामग्री, डेन्टल उपकरण लगायतमा समेत ठूलो अनियमितता छ तर मेरो उपस्थिति पछि मैले रोक्न निक्कै कोशिष गरेको हुँ ।’ लेखा शाखाका एक अधिकृत नाम नबताउने शर्तमा भन्छन । कार्यवाहक उपकुलपति रहँदा डा. खनालले गरेका टेन्डर भुक्तानीबाट निजको आर्थिक चरित्र झन् प्रष्ट हुन्छ ।

हतारमा बोलपत्रहरु
उपकुलपति बन्न माओबादी अध्यक्षको आशिर्वादले हौसिएका डा. खनालले कार्यकारीणी समितिका सदस्यलाई जानकारी नै नदिईकन उपरोक्त भुक्तानी गरेभने करिव १० करोडका निम्नानुसारका बोलपत्र समेत गरेको खरिद शाखाबाट जानकारी प्राप्त भएको छ ।
कार्यवाहक उपकुलपति हुँदा डा. खनालले गरेका खरिद र भुक्तानीहरु

bpkihs kanda 2_makalukhabar

bpkihs kanda_makalukhabar

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *