सनराइज बैंकका ग्राहकलाई सामान खरिद गर्दा ५ सय छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकले घरबाटै अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । नेपमेडस् प्रा लि र काठमाडौं अर्गानिक्सबाट सनराइज बैंकको डेबिट क्रेडिट कार्ड प्रयोग गरी तथा क्या आर कोड प्रयोग गरी समाना खरिद गरेमा बैंकले १० प्रतिशत वा रु पाँच सय सम्म विशेष छुट दिने भएको हो ।

ग्राहकको स्वास्थ्य अवस्थालाई ध्यान दिई बैंकले योव्यवस्था लागू गरेको हो ।

नेपमेडस् प्रा. लि.ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पु¥र्याउँदै आएको छ भने काठमाडौं अर्गानिक्सले विभिन्न अर्गानिक खाद्यान्न अनलाइन मार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैंकले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्यान्न तथा औषधि जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठ्यारो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । साथै बैंकले ग्राहकलाई घरमै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको पनि उपभोग गर्न आग्रह गरेको छ ।

बंैकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *