चेम्बर अफ कमर्स दाङद्वारा ८० परिवारलाई राहत वितरण

काठमाडौं । चेम्बर अफ कमर्स दाङले कोरोना भाइरस (कोभिड १९) नियन्त्तणका लागि गरिएकोे लकडाउनका कारण समस्यामा परेका पीडित मजदुरहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

दाङका ८० परिवारलाई राहत वितरण गरिएको चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्राचार्यले जानकारी दिएका छन् ।

प्रत्येक परिवारलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वयाविन वितरण गरेको उनले बताए । उनले अरु राहत सामाग्री पनि वितरण गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *